गृहमन्त्री थापाद्वारा तेश्रो बागमती गोल्डकप उद्घाटन

हेटौडा न्युज
३ फाल्गुन २०७६, शनिबार २२:१७
;

मकवानपुरका बागमती गाउँपालिकामा तेस्रो बागमती गोल्ड आजबाट शुरु भएको छ । बागमती गाउँपालिकाको फापरबारी जनता माध्यमिक बिद्यालयको प्राङ्गणमा प्रतियोगिता शुरु उद्घाटन गरीएको हो ।

प्रतियोगिताको उद्घाटन नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापा बादलले गरेका हुन् । बागमती खेलकुद विकास समितिका अध्यक्ष अरुण बलको अध्यक्षतामा भव्य उद्घाटन गरीएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शर्केस घलानले जिल्ला सदरमुकामबाट करीब ६० किलोमिटरको दूरीमा रहेकोले इलाका स्तरका सरकारी निकायहरुको स्थापनाको लागि सरकारको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष घलानले मदनभण्डारी राजमार्गमा परेको बागमती नदीमा निर्माणाधीन पुल करीब ९ बर्षदेखि अलपत्र परेको गुनासो गरेका छन् ।

आजबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेल आयोजक टिम र बागमती यूवा क्लब, सर्लाहीका बीच भईरहेको छ । प्रतियोगिताका बिजेताले रु ६लाख, दोश्रो हुनेले रु ३ लाख रुपैया पुरस्कार पाउने छन् । प्रतियोगिता आगामी माघ १२ गतेसम्म हुनेछ । प्रतियोगिता सम्पन्न गर्न करीब ६७ लाख रुपैया अनुमानित खर्च लाग्ने आयोजकले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*