केही सञ्चार माध्यमहरु पूर्वाग्राही बनेका छन्ः प्रधानमन्त्री ओली

हेटौडा न्युज
५ फाल्गुन २०७६, सोमबार २०:३२
;

केही सञ्चार माध्यमहरुले सरकारसंग पूर्वाग्रह राखेको  प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संचार माध्यमहरुले दैनिक रुपमा बाँसुरी बजाएको तस्वीर छाप्ने गरेको बताएका हुन् ।

उनले भने‘ कुनै कुनै सञ्चार माध्यमले सरकारको गरेको राम्राकामको न्यूज दिनुको सट्टा सरकार संग पुर्वाग्रह राखी बाँसुरी बजाएको न्यूज दिने गरेको गुनासो गरेका हुन् । 

काठमाडौंमा विजुलीका तार भूमिगत गर्ने कामको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने कुनै कुनै सञ्चार माध्यमले यो न्यूज दिनुभन्दा बाँसुरी बजाएको न्यूज दिन्छन् भोलि पनि । दया लाग्छ । देश विकास हुन लाग्दा पिर किन परेको मलाई त्यो छक्क लाग्छ ।

मैले अहिले कुनै कुनै भनेको छु । कुनैकुनै बिर्सिन्छ, अनि यसो भन्यो भनेर कुनै कुनै शब्द काट्छन् । भोलि पनि हेर्नुहोला, बाँसुरी बजाएको फोटो छाप्छ, यो फोटो नै छाप्दैन । यस्तो गरेर के भयो र (हाँतले बाँसुरी बजाएको इशारा गर्दै) बाँसुरी धुन आएन भन्छ ।

मैले कुनै कुनै वुद्धिजीवि विकास भएको सहन नसकेर उल्टोउल्टो लेख्छन् भन्यो भने कुनै कुनै चाहिँ छोड्दिन्छन्, अनि सबै बुद्धिजिवीलाई भन्यो भन्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*