तेश्रो बागमती गोल्डकपः आयोजक बागमतीलाई ८ गोलले हराउँदै च्यासल यूथ क्लव विजयी

हेटौडा न्युज
५ फाल्गुन २०७६, सोमबार २३:३४
;

तेश्रो बागमती गोल्डकपको जारी पहिलो क्वाटर फाईनलको पहिलो हाफमा ए डिभिजनको च्यासल यूथ क्लबले आयोजक बागमती गाउँपालिकालाई ८ गोलले हराउँदै विजयी भएको छ ।   

पुर्वी मकवानपुरको बागमती गाउँपालिकाको जनता मावि प्राविधिक शिक्षालयको खेल मैदानमा जारी गोल्डकपमा पहिलो हाफको ५ औँ मिनेटमा विदेशी खेलाडी कनिज अजेगोके भुजारीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिए । १० औँ मिनेटमा पनि भुजारीलेनै दोश्रो गोल गरे । खेलको २८ औँ मिनेटमा सुनिल बलले गोल गर्दै टिमलाई ३ गोलको अवस्थामा पुर्याए । 

खेलको ३९ औँ मिनेटमा पुन बलले नै गोल गर्दै टिमलाई ४:० को अग्रता दिलाए । खेलको ४३ औँ मिनेटमा च्यासलका नितेन थापाले गोल गर्दै पहिलो हाफमा ५ः० को अग्रता दिलाउन सफल भए ।  

खेलको दोस्रो हाफको शुरुको ५८ औँ मिनेटमा च्यासलका तर्फबाट कनिज अजेगोके भुजारीले १ गोल र खेलको ८१ औँ मिनेटमा च्यासलकै पुर्ण बहादुर गुरुङले एक गोल गदै अगाडि बढाएका हुन्।  भने  त्यस्तै जर्सी १० का सुनिल बलले खेलको ८८ मिनेटमा १ गोल थप गर्दै ८ ः ० गोल अन्तरले च्यासल विजयी भएकको हो ।  
आज भएको खेलकोे म्यान अफ द म्याच भने च्यासलका सुनिल बल भएका छन्  । बलले नगद सहित ट्रफि प्राप्त गरेका छन् । 

मकवानपुरको पूर्वीक्षेत्रमा पर्ने बागमती गाउँपालिकामा आयोजित प्रतियोगितामा भोलिको खेल न्यू डाँफे युवा क्लव मकवानपुर र जावला खेल युथ क्लवबिच भोलि दिउँसो २ बजे हुनेछ ।  

गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छन् । उपविजेतले ३ लाख हात पर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीलाई ५ हजार नगद पाउनेछन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*