के तपाइँले यस्तो खेत देख्नुभएको छ जहाँ बालीनाली होइन, कारको खेती हुन्छ ?
के तपाइँले यस्तो खेत देख्नुभएको छ जहाँ बालीनाली होइन, कारको खेती हुन्छ ? अमेरिकाको नेवादामा एउटा यस्तो ठाउँ छ, जहाँ कारहरु फल्दछन् ।
नेवादाको गोल्डफिल्ड नामक पहाडको समाचार हो यो । उक्त पहाडमा एकजना मानिसले कारको खेती गरेर कीर्तिमान कायम गरेका छन् ।
माइकल मार्क रिप्पी नामका व्यक्ति सन् २०११ मा त्यस ठाउँमा जमीनमा कार गाड्ने काम गरेका थिए । चौरमा रुख ठडिएझैँ गरी कारहरु गाडिएका छन् । सो ठाउँको नाम द इन्टरनेसनल कार फरेस्ट अफ द लास्ट चर्च राखिएको छ ।
अहिले उक्त ठाउँमा ४० वटा भन्दा धेरै पूराना कार तथा ट्रकहरु ठडिएका छन् । ती गाडीहरु जमीनमा केही मात्रामा गाडेर उभ्याइएका हुन् ।
टाढाबाट हेर्दा जमीनबाट गाडीहरु उम्रिएजस्तो लाग्दछ। रंगीविरंगी गाडी तथा गाडीमा बालिने चमकदार प्रकाशका कारण त्यो ठाउँ निकै सुन्दर देखिन्छ । एजेन्सी