‘शिव दाईको चिलिम’ सार्वजनिक

गायक तथा संगितकार विकास पाण्डेको ‘शिव दाईको चिलिम’ नामक गित सार्वजनिक भएको छ । शिवरात्रीको पुर्व संध्यामा पाण्डेको ‘शिव दाईको चिलिम’ नामक गित मंगलबार सार्वजनिक गरीएको हो ।
कपुरबोट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘शिव दाईको चिलिम’ मा स्वयं पाण्डेलेको शब्द, संगित र स्वर रहेको छ । सो गितको एरेन्ज चर्चित एरेन्जर सुमन तामाङ्गले गरेका छन् ।
भिडियो बि.एस मेकरले तयार गरेको हो । गितको भिडियोमा निर्देशन सावनको निर्देशन र विकास गुरुङको छायांकन रहेको छ। भिडियोमा नृत्य चर्चित डान्सर विशाल श्रेष्ठ, अमित ठाकुर, संगित लामा लगायतले गरेका छन् ।