श्रीमतीको हत्या गरेको अरोपमा पक्राउ परेका हेटौंडाका यज्ञराजलाई थुनामा राख्न आदेश
आफ्नै श्रीमतीको हत्या गरेको अरोपमा पक्राउ परेका हेटौंडाका एक युवकलाई जिल्ला अदालत मकवानपुरले थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश कमलराज विष्टको आइतबार बसेको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । हेटौंडा उपमहानगरपालिका—१८ का २८ वर्षीय यज्ञराज (हरि) अधिकारीलाई पत्नी मिना अधिकारीको हत्या गरेको आरोपमा थुनामा राख्ने आदेश दिएको हो ।
मादक पदार्थ सेवन गरेको सुरमा गत माघ ४ गते यज्ञराजले आफुनो श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
अधिकारीले प्रहरी र अदालतसमक्ष पत्निको हत्या गरेको सावित गरेका छन् । २१ वर्षीया मिनाको साढे तीन वर्षीया छोरी र साढे २ वर्षका छोरा रहेका छन् । यी दुई बालबालिका अहिले वृद्ध हजुरबाको संरक्षणमा रहेको स्रोतले जनाएको छ ।