च्याम्पियन्स लिगमा पुग्ने पहिलो टोली बन्‍यो लिभरपुल

हेटौडा न्युज
७ फाल्गुन २०७६, बुधबार २१:३४
;

लिभरपुल आउँदो सिजनको च्याम्पियन्स लिगमा पुग्ने पहिलो टोली बनेको छ।

सोमबार राती भएको खेलमा चेल्सी म्यानचेस्टर युनाइटेडसँग २-० ले पराजित भएपछि लिभरपुल च्यामपियन्स लिगमा पुगेको हो।

चेल्सीको हारले लिभरपुल जारी लिगमा शीर्ष चारमा पर्ने पक्का भएकाले उसको च्याम्पियन्स लिगको यात्रा तय भएको हो।

लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले जारी सिजनको लिगमा कब्जा जमाउन अब मात्र पाँच खेलमा जित हात पारे पुग्छ। लिगमा उसले १२ खेल खेल्न बाँकी छ।

लिगमा अपराजित यात्रा कायम राखेको लिभरपुलले २६ खेलबाट ७६ अंक जोडिसकेको छ भने उसलाई दोश्रो स्थानमा पछ्याइरहेको म्यानचेस्टर सिटीको ५१ अंक छ।   एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*