तेस्रो बागमती गोल्डकपः फाईनलको लागि संकटा र जाउलाखेल भिड्दै
बागमती गोल्ड कपको दोस्रो सेमिफाईनल खेल आज संकटा युवा क्लब काठमाडौं र जाउलाखेल युवा क्लब बिच हुने भएको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नंबर८ स्थित जनता माविको खेल मैदानमा जारी तेस्रो खेल ३ बजेदेखि सुरु हुने आयोजक बागमती खेलकुद विकास समितिले जनाएको छ । बिजेताले उपाधिका लागि हिमालयन शेर्पा काठमाडौं संग भोलि (आईतबार फागुन ११ गते) भिड्ने छ ।
विजेताले उपाधिका लागि हिमालयन शेर्पा काठमाडौं संग भोलि (आईतबार फागुन ११ गते) भिड्ने छ । गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छन् ।
उपविजेतले ३ लाख हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीलाई ५ हजार नगद पाउनेछन् ।