हातमा विवाह रेखा, के भए हुन्छ सम्बन्धविच्छेद, कस्तो हुँदा हुन्छ मल्टिपल एफेयर ?

हेटौडा न्युज
१२ फाल्गुन २०७६, सोमबार १७:५८
;

हस्तरेखामा विवाहबारे विभिन्न किसिमका भविष्यवाणी गर्न सकिन्छ । वैवाहिक जीवन कस्तो रहन्छ, सम्बन्ध कस्तो रहन्छ भन्नेबारे हस्तरेखामा भएका कुराहरुले धेरै कुरा बताउँछन् । हातमा विवाह रेखाले व्यक्तिको जीवनबारे पनि अनेक कुरा बताइरहेका छन् । कयौँ मानिसहरुको हातमा विवाहका धेरै रेखाहरु पनि हुन्छन् । यसबारे फरक फरक धारणा छन् । 

ज्योतिषीका अनुसार हातमा दुई विवाह रेखा भएकाहरुमा जुन गहिरो र स्पष्ट छ र अर्को धुमिलो हुँदाहुँदै पनि बुध पर्वतसम्म पुगेको छ भने ती व्यक्तिहरुको जीवनमा दुई विवाह हुन्छ ।

हातमा एकभन्दा धेरै विवाह रेखा हुनेहरुका लागि केवल त्यही रेखा मान्य मानिन्छ, जुन अलिक गाढा छ । बाँकी रेखाहरुले सम्बन्ध कस्तो हुन्छ भन्नेबारे मात्र जानकारी दिन्छन् । धेरै विवाह रेखा हुनु भनेको विवाहेत्तर सम्बन्ध हुने वा अन्य सम्बन्ध हुने भन्ने जानकारी दिन्छ । विवाह रेखा स्वास्थ्य रेखासम्म पुगेको छ भने चाहिँ त्यस्ता व्यक्तिको विवाह हुने सम्भावना अत्यन्त कम हुन्छ । स्रोतः फरकधार

यसमा तपाइको मत

Your email address will not be published.


*