कर्मचारी अभावका कारण सरकारको लक्ष्य अनुसार काम गर्न सकिएनः मुख्यमन्त्री पौडेल

हेटौडा न्युज
१५ फाल्गुन २०७६, बिहीबार १८:३२
;

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले  प्रदेश सरकारले आफुले सोचे र चाहेको जस्तो काम गर्न नसकेको बताएका छन् । प्रदेश सरकारले कर्मचारी अभावका कारण सरकारको लक्ष्य अनुसार काम गर्न नसकेको बताएका हुन् ।

प्रदेश सरकारसंग प्रयाप्त जनशक्ति अभावका कारण प्रदेश सरकार सोचेजती अगाडी बढ्न नसकेको गुनासो गरेका हुन् ।

हेटौंडामा अन्तर प्रदेश लोकसेवा आयोगको प्रथम कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारी अभावका कारण सोचे अनुसारको बजेट खर्च गर्न नसकेकोले सरकारको लक्ष्य प्राप्तीमा बाधा उत्पन्न  भएको बताएका छन् ।

उनले भने अब प्रदेशबाटै लोकसेवा आयोगले कर्मचारी भर्ना गर्नुपर्ने अभियानमा सरकार लागेको बताए । उनले भने सवै प्रदेशमा एकैसाथ एकरुपताका आधारमा कर्मचारी भर्ना गरिनुपर्ने बताए ।

संघीय निजामती ऐन पनि बन्दै गर्छ, अब प्रदेशमा पनि कर्मचारी भर्ना प्रक्रियाको थालनी गर्नुपर्ने धारण व्यक्त गरे ।

बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, बागमती प्रदेशका प्रमुख सचिव तोयम राय, प्रदेशसभाका सचिव शामशरण घिमीरे, विभीन्न प्रदेश लोकसेवा आयोगका अध्यक्ष तथा सदस्यहरु, बागमती प्रदेश सरकारका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु लगायतकाको उपस्थिती रहेको थियो ।

प्रदेश लोकसेवा आयोग गठन भएका क्षेत्रबाट आयोगका अध्यक्ष, सदस्यहरु, प्रदेशका प्रमुख सचिव सहितको सहभागितामा गोष्ठीको उद्घाटन गरीएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*