गोकुल बाँस्कोटालाई सुनियोजित रुपमा फसाइयो: प्रधान्मन्त्री ओलि

हेटौडा न्युज
१५ फाल्गुन २०७६, बिहीबार २३:०४
;

प्राधानमन्त्री केपी शर्मा ओलिले पुर्वसंचार मन्त्री गोकुल बाँस्कोटालाई फसाइएको बताएका छन । प्रधानमन्त्री ओलीले बाँस्कोटालाई सुनियोजित रुपमा फसाइएको बताएका हुन ।

नेकपाद्वारा आयोजित बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण तथा भेलामा ओलीले सार्वजनिक भएको अडियोमा बोल्ने व्यक्ति स्वीस एम्बेसीले हाम्रो मान्छे होइन भनिसकेको बताए ।

बाँस्कोटाले पनि त्यसमा आफ्नो संलग्नता छैन भनिसकेको र स्वीस एम्बेसीको कुरा जोड्दै ओलीले उनको बचाउ गरेका थिए ।

नाम जोडेर अडियो सार्वजनिक भए लगत्तै बाँस्कोटाले नैतिकताको आधारमा राजिनामा दिएर राम्रो काम गरेको ओलीले बताए ।

‘मेरो नाममा पनि उजुरी परेको सुनेको छु,’ उनले प्रश्न गर्दे भने, ‘कत्रो उजुरी परेको छ रु त्यो उजुरीको कुनै काम छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*