मासुको क्वारेन्टाईन नगर्दा ५ हजार जरीवाना
पशु क्वारेन्टाईन चेकपोष्ट पथलैयाले क्वारेन्टाईन बिना नै मासु ल्याएको सवारीलाई जरीवाना गराएको छ । गत फागुन १८ गते मकवानपुरको फाखेलमा सवारी चेक जाँचका क्रममा क्वारेन्टाईन कागज बिना नै ल्याएको मासु फेला परेको थियो ।
मकवानपुरको फाखेल प्रहरी चौकीको चेकिङ टोलीले इन्द्रसरोवर–४ फाखेल स्थित सडक खण्डमा चालक नुवाकोट बोलकोट–६ बस्ने हेम बहादुर तामाङले हेटौडाबाट काठमाण्डौतर्फ लैजादै गरेको बा १० च ३७९४ नं. को पिकअप गाडीमा मासु फेला परेको थियो ।
गाडीमा खसिको मासु ६० पोका, भैसिको मासु ९ पोका फेला परे पश्चात आवश्यक कारवाहीको लागी पशु क्वारेन्टाईन चेकपोष्ट पथलैया बारा पठाईएको र कार्यालयबाट पहिलो पटकका लागी ५ हजार रुपैँया जरीवाना गराइ छाडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।