प्रियंकाले नेपाली र भारतीय शैलीमा बिहे गर्नु राज खोलिन्
केही दिन अघिमात्र नायक तथा मोडल आयुष्मान देशराज जोशीसँग बिवाह गरेकी नायिका प्रियंका कार्कीले आफूले नेपाली र भारतीय शैलीमा बिवाह गर्नुको राज खोलेकी छिन् ।
उनले सामाजिक संजाल इन्स्टाग्राम मार्फत नेपाली र भारतीय शैलीमा बिवाह गर्नुको राज खोलेकी हुन् ।
उनले आफ्नो सबै परिवारलाई मध्यनजर गर्दै बिवाह गरेको बताउँदै इन्स्टाग्रामको स्टोरीमा लेखेकी छिन्, ‘हामीले नेपाली र भारतिय संस्कार मिसाएर विवाह गरेका थियौ । मेरो परिवारमा हरेक विभिन्न संस्कृति मान्ने व्यक्ति हुनुहुन्छ । मेरो आमा रक्षा मल्होत्रा आदि नेपाली र आदि पञ्जाबी हो । आयुष्मानको हजुरवुवा पञ्जबबाट हो । त्यसैले उहाँहरुको देशराज थर भएको हो । त्यसैले सबै परिवारलाई मध्यनजर गर्दै हामीले मिश्रित संस्कृति अनुसार विवाह गरेका हौं। यसलाई नराम्रो रुपमा नलिदिनु होला ।’
फागुन १५ गते आफ्नो र आयुष्मानको पारिवारिक सदस्यको मात्र उपिस्थतीमा कानुनी रुपमा बिवाह गरेकी प्रियंकाले १६ गते सामाजिक रुपमा बिवाह गरी सोही दिन रिसेप्सन पार्टी दिएकी थिईन् । उनको बिवाह करिब एक हप्ता सम्म नै चलेको थियो ।
तस्विरहरूः वेडिङ सिटी