यातायात व्यावसायीले मन्त्री फूयाँललाई भेटे

हेटौडा न्युज
२१ फाल्गुन २०७६, बुधबार २२:०५
;

यातयात व्यावसायी टोलीले बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फूयाँलसंग छलफल गरेका छन् । बुधबार बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा भएको छलफलमा यातयात व्यावसायीहरुको समस्याहरुका बारेमा मन्त्री फूयाँललाई जानकारी गराएका थिए । 

सो अवसरमा मन्त्री फूयाँलले बागमती प्रदेशले नाम र स्थायी राजधानी पाईसकेपछि अब सबै क्षेत्रको विकासमा हामी सबै लाग्नुपर्ने बेला आएको बताएका छन् । अब शासक होईन सेवक बनेर काम गर्नुपर्ने बेला आएको भन्दै मन्त्री फूयाँलले यातयात व्यावसायीहरुको समस्या समाधानमा आफनो गहिरो चासो रहेको बताए । उनले यातयात व्यावसायीहरुले के कस्ता समस्याहरु भोग्नु परेको हो यसको समाधानका लागी बुदाँगत लिखित पत्र मन्त्रालयमा पठाउन समेत आग्रह गरेका छन् ।

यातयात व्यावसायीहरुले धेरैलाई रोजगारी दिएर आर्थिक र सामाजिक विकासमा खेलेको भूमिका प्रति सदैब तारीफयोग्य रहेको बताउदै मन्त्री फूयाँलले यातयात क्षेत्रलाई सभ्य र व्यवस्थित बनाउन राज्यले नतििगत दायरा बनाएको बताएका छन्। राज्यको दायरा बाहिर गएर काम नगर्न यातयात व्यावसायीहरुमा मन्त्री फुयाँलको आग्रह थियो ।  

यातयात व्यावसायीहरुले तालीम गोष्ठीहरु गरेर यातयात मजदुरहरुलाई पनि राज्यको कर प्रणाली र नियमनका बारेमा जानकारी गराउन मन्त्री फुयाँलले अनुरोध गरेका छन् । उनले यातयात व्यावसायीसंग जोडीएका समस्याहरुका बारेमा आफूले सहजीकरणमा कुनै कमी  नराख्ने आश्वासन दिएका छन् । 

यातयात व्यावसायीमा पछिल्लो समय देखापरेको पञ्जीकृत समस्या, कर प्रणालीमा भएको समस्या दण्ड जरिवाना, २० वर्षे सवारी व्यवस्थापनमा परेको समस्याहरुका साथै भारतीय नम्बर प्लेटका सवारीले स्वदेशी व्यवसायीलाई पारेको असरका बारेमा व्यवसायीहरुले जानकारी गराएका थिए ।
छलफलमा नारायणी यातयात व्यावसायी संघका निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाई, महासचिव सरोज खनाल, नेपाल ट्रक यातयात व्यावसायी महासंघका महासचिव राजेन्द्रकुमार बानियाँ लगाएत एक दर्जन यातयात व्यावसायीहरुको सहभागिता रहेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*