प्रियंकाले आफ्नो विवाहमा आँचललाई किन बोलाइनन् ?

हेटौडा न्युज
२१ फाल्गुन २०७६, बुधबार २२:५८
;

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीबीच अघिल्लो हप्ता धुमधामका साथ विवाह गरे । बिहीबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा विवाह गरेका उनीहरुको भोलिपल्ट शुक्रबार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा धुमधामका साथ विवाह गरेका हुन् । प्रियंका र आयुष्मानको वैवाहिक कार्यक्रमको लागि पार्क भिलेज रिसोर्टमा बनाइएको मण्डपलाई बेहुलीझैं सिंगारिएको थियो । 

विवाहकै दिन शुक्रबार रिसेप्सन पार्टी दिइएको थियो । निकै आकर्षक र तामझामका साथ गरिएको विवाह र रिसेप्सन पार्टीमा प्रियंका र आयुष्मानले आफन्तसँगै नायक नायिकासहित चलचित्रकर्मी, पत्रकार, व्यवसायीलगायतलाई आमन्त्रण गरिएको थियो । केकी अधिकारी, ऋचा शर्मालगायत नायिकाहरुलाई पनि आमन्त्रण गरिएको थियो ।

तर, नायिका आँचल शर्मालाई भने डाकिएको थिएन । प्रियंकाले आँचललाई नबोलाइएकामा अहिले चलचित्र क्षेत्रमा गफको विषय बनिरहेको छ । साथै प्रियंकाले पठाएको निमन्त्रण कार्ड आँचलकहाँ नपुगेको पनि भनिएको छ । तर, यसबारे दुवै केही बताएका छैनन् । स्रोतः क्यानाडा नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*