आईपीएलका खेलहरु बन्द गर्न मन्त्रालयको निर्देशन
१३औं संस्करणको आईपीएलका खेलहरू बन्द रंगशालामा गर्न भारतीय खेल मन्त्रालयले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) निर्देशन दिएको छ । कोरोना भाइरसको संक्रमण भइरहेकै बेला यदि कुनै प्रतियोगिता सञ्चालन गर्नु परे खेल बन्द रंगशालामा गर्नुपर्ने निर्देशन दिएको हो ।
यसबाट यो प्रस्ट हुन्छ कि यदि बीसीसीआईले आईपीएल सञ्चालन गर्न चाहे बन्दज रंगशालामा खेलाउनुपर्नेछ । “यदि कुनै प्रतियोगिता स्थगित गर्न नसकिने अवस्था आए सबै खेल बन्द रंगशालामा सञ्चालन गर्नुपर्नेछ,” खेल सचिव श्याम जुलानियाले भने, “हामीले बीसीसीआईसहित सबै राष्ट्रिय संघलाई निर्देशन गरिसकेका छौं । यस निर्देशनले खेल, खेलाडी, प्रसंशक र लिगको हितका लागि हुने आशा गरेका छौं ।”
केन्द्रीय सरकाले दिएको निर्देशनबारे शनिबार बीसीसीआईको बैठक बस्ने जनाएको छ । उक्त बैठकले सरकारको निर्देशनलाई ध्यानमा राख्दै निष्कर्ष निकाल्ने बताएको छ । एजेन्सी