कोरोना: चीनमा राजदूत रहेका पौडेल चैतको दोस्रो साता घर फर्किंदा के हुन्छ ? उनलाई अब के गरिन्छ ?

हेटौडा न्युज
१ चैत्र २०७६, शनिबार १९:३५
;

सरकारले कोरोना त्रासका कारण चीनबाट स्वदेश फर्काएका विद्यार्थीलाई सोझै खरिपाटी क्वारेण्टाइनमा राख्यो । मात्रै एउटा उडान गरेर फर्किएका चालक दलका सदस्यहरूलाई पनि नगरकोटमा अलग्गै बसाइयो । सरकारले उता पढिरहेका आफ्ना विद्यार्थीको स्वास्थ्यप्रति सचेत हुँदै त्यसो ग¥यो । अर्को राम्रो पक्ष के भने कसैमा पनि त्यस्तो रोग फेला परेन ।

अब अर्को प्रश्न उठ्छ– सवा तीन वर्षदेखि चीनमा राजदूत रहेका लीलामणि पौडेल चैतको दोस्रो साता घर फर्किंदा के हुन्छ रु उनी त्यहाँका सरकारी अधिकारीसँग बिदाई भेट गर्ने, बोरिया बिस्तर कस्ने काममा जुटेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका प्रत्येक यात्रुको मिहिन पाराले अध्ययन हुन्छ, स्वास्थ्य जाँच गरिन्छ, शंकास्पदलाई टेकु अस्पताल र क्वारेण्टाइनमा राखिन्छ । तर, लीलामणिलाई के गरिन्छ ? उनी विमानस्थलमा ओर्लिनेबित्तिकै सीधै चण्डोल चप्पल कारखानातिरको घर पुग्छन् कि, कुनै क्वारेण्टाइनमा राखिन्छन् ? स्रोतः आस्था साप्ताहिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*