पेट्रोल र डिजेल महँगो हुने

हेटौडा न्युज
१ चैत्र २०७६, शनिबार २३:००
;

उत्पादन शुल्क बढाएपछि अब भारतमा पेट्रोल र डिजेल महँगो हुने भएको छ । बीबीसी हिन्दीका अनुसार भारत सरकारले   प्रतिलिटर पेट्रोल र डिजेलमा ३ रुपैयाँले उत्पादन शुल्क बढाएको हो ।

बिदेशी बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटबाट लाभ लिनका लागि भारतले यस कदम चालेको बताइएको छ।

 सरकारले उत्पादन शुल्क बढाएसँगै विपक्षी दल काँग्रेसका नेता अजय माकनले अन्तर्राष्ट्रिय स्तरमा कच्चा तेलको मूल्य घटिरहँदा त्यसको लाभ सर्वसाधारणले लिन पाउनुपर्ने बताएका छन् ।

उनले पेट्रोल, डिजेल र एलपीजी ग्यासको मूल्य ३५ देखि ४० प्रतिशतले घटाउनु पर्ने माग गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*