आमा बुवाको हत्या गर्ने २६ वर्षीय छोरा पक्राउ

कञ्चनपुरमा भएको भण्डारी दम्पत्ती हत्या प्रकरणमा संलग्न छोरालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । गत फागुन १५ को शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा घरभित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धनाको हत्यामा संलग्न २६ वर्षीय छोरा भरत भण्डारीलाई प्रहरीले डडेल्धुराबाट पक्राउ गरेको हो ।
भण्डारीले बुवा र कान्छी आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मादक पर्दाथ सेवन गरी कान्छी आमासँग विवाद भएपछि हत्या भएको प्रहरीले जनाएको छ ।
कञ्चनपुरका प्रहरी प्रमुख उपरीक्षक मुकुन्द मरासीनीका अनुसार पारिवारीक लेनदेन र बावुले कान्छी आमा ल्याएको कारण हत्या भएको खुलेको जनाएको छ ।
मध्य रातमा हत्या गरी फर्केका भण्डारीले रगताम्य लुगा र हत्यामा प्रयोग भएको हतियार भासुभीरमा फोलेको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ।