२ हजारले घट्यो सुनको भाउ, आज कतिमा कारोबार हुदैँछ ?
सुनको भाउमा एकै दिन तोलामा २ हजार रुपैयाँले घटेको छ । आज मंगलबारका लागि छापावाल सुन प्रतितोला ७५ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सोमबार तोलाको ७७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको भाउ पनि तोलामा २ हजारले घटेर ७५ हजार २ सयमा झरेको महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि तोलामा एकै दिन ८० रुपैयाँले झरेर ७ सय १० रुपैयाँमा आइपुगेको छ ।
आइतबार सुन तोलाको ७७ हजारमा कारोबार भएको थियो भने सोमबार पाँच सयले बढेर ७७ हजार ५ सय पुगेको थियो । आज मंगलबार भने एकैदिन तोलामा २ हजार रुपैयाँ घटेको हो ।