कस्तो व्यक्तिलाई हुन्छ कोरोना संक्रमणको बढी जोखिम ?

हेटौडा न्युज
४ चैत्र २०७६, मंगलवार १८:३२
;

रोना भाइरस (कोभिड–१९)को संक्रमण जुनसुकै समयमा जुनसुकै उमेरसमूहका मानिसमा देखिन सक्छ । सामान्यतया विभिन्न उमेरसमूहका प्रतिरोधी क्षमता कम भएका व्यक्तिमा संक्रमणको असर बढी हुन्छ । अब जानौँ, कसलाई कति जोखिम ? 

 वृद्धवृद्धा
सामान्यतया अन्य उमेरसमूहको तुलनामा वृद्धवृद्धा कोभिड–१९ को संक्रमणबाट छिटो प्रभावित हुन्छन् । उमेर ढल्किँदै जाँदा शारीरिक कमजोरी देखा पर्छ । साथै, प्रतिरोधी क्षमतामा पनि बिस्तारै कमी आउने भएकाले भाइरसको संक्रमण छिटो हुन्छ । शरीरको प्रतिरोधी क्षमताले भाइरससँग लड्न नसक्ने भएकाले सामान्य भाइरसले पनि स्वास्थ्यलाई प्रभावित गर्छ । 

६० वर्षभन्दा माथिका बुढाबुढीलाई कोरोना भाइरससँगै मौसमी रुघाखोकी, ज्वरो, कडा निमोनियाको जटिलता देखिएको पाइन्छ । तसर्थ, वृद्धवृृद्धाको सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ । त्यस्तै, उनीहरूको अगाडि खोक्दा वा हाछ्युँ गर्दा मुख छोप्ने, बिरामीले सकेसम्म टाढा बस्ने, खानेकुरा वा अन्य वस्तु छोएपछि साबुनपानीले राम्रोसँग हात धुने वा स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।  

दीर्घरोगी

मुटु, फोक्सोसम्बन्धी रोग, मधुमेह, क्यान्सर र उच्च रक्तचापजस्ता समस्या भएका व्यक्तिमा अन्यको तुलनामा फ्लुको संक्रमण छिटो हुन्छ । यस्ता व्यक्तिमा कडा खालको निमोनिया हुने, रुघाखोकी र ज्वरो आउने, श्वासप्रश्वासमा समस्या देखिनेजस्ता जटिलता देखा पर्छन् । दीर्घरोग भएका व्यक्तिमध्ये कतिपयलाई फ्लुजस्ता समस्या आएका भेन्टिलेटरमा राख्नुपर्ने पनि हुन्छ । 

विभिन्न देशमा कोभिड–१९ को संक्रमण र यसबाट मृत्यु हुने अहिलेसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै दीर्घरोगी छन् । त्यसैले दीर्घरोगको उपचार गराइरहेका व्यक्तिले स्वास्थ्यको ख्याल गर्नुपर्छ । 

कोभिड–१९ को संक्रमणबाट अन्य उमेरसमूहको तुलनामा वृद्धवृद्धा छिटो प्रभावित हुन्छन् । उमेर ढल्किँदै जाँदा शारीरिक कमजोरी देखा पर्छ । साथै, प्रतिरोधी क्षमतामा पनि बिस्तारै कमी आउने भएकाले भाइरसको संक्रमण छिटो हुन्छ ।

 बालबालिका र गर्भवती

जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुने भएकाले उनीहरू भाइरस र ब्याक्टेरियाबाट छिटो प्रभावित हुन्छन् । त्यस्तै, गर्भवती महिला पनि संक्रमणको जोखिममा छन् । कोरोनाको संक्रमण बालबालिकामा धेरै नदेखिए पनि उनीहरूमा अन्य फ्लुको संक्रमण र निमोनिया हुने हुँदा अभिभावकले बच्चाको स्याहार गर्दा सजगता अपनाउन जरुरी छ । 
बालबालिकालाई घरबाहिर समूहमा खेल्न नदिने, फोहोर वस्तुको सम्पर्कबाट टाढा राख्ने, सरसफाइमा ध्यान दिने, हातलाई अनावश्यक मुखको सम्पर्कमा लानबाट जोगाउने र खानपानमा ध्यान दिन आवश्यक छ ।
अपनाऔँ यस्तो सजगता

नेपाल पनि कोरोनाको उच्च जोखिममा रहेकाले यसको संक्रमणबाट बच्न सतर्कता अपनाउन जरुरी छ । विश्वभर कोरोनाको संक्रमण फैलिएसँगै नेपाली समाजमा यसबारे भ्रम र त्रास फैलिएको छ । सम्भावित संक्रमणको डरले आत्तिनुभन्दा सजगता अपनाउनु बुद्धिमानी हुन्छ । 
हाल मौसम परिवर्तनको समय भएकाले अन्य फ्लुको संक्रमण पनि छिटो फैलने सम्भावना रहन्छ । रुघाखोकी, ज्वरोजस्ता स्वास्थ्य समस्या देखिएमा चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ । त्यसैगरी, व्यक्तिगत सरसफाइ, आफूसँग रहेका चिजवस्तु जस्तै– भाइरस जीवित रहने सामान आदिको सफाइमा समेत ध्यान दिनुपर्छ । स्रोत: नयाँ पत्रिका

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*