इन्सपेक्टरसँग थुरुरु स्थानीयः पीडित थुन्ने, पीडक छोड्ने गरेको आरोप

हेटौडा न्युज
५ चैत्र २०७६, बुधबार १९:३३
;

 विश्वभर कोराना भाइरसको त्रास फैलिएका बेला पूर्वी मोरङमा भने प्रहरीले नै त्रास फैलाइरहेको आरोप लागेको छ । पीडित थुन्ने र पीडक छोड्ने गरेपछि इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सुवास राईकासँग स्थानीयहरु थुरुरु भएका छन् । इन्सपेक्टर राईका कारण हतियार सहितको बर्दिवाला प्रहरी देख्दा सर्वसाधरण कोराना भाइरससँगभन्दा डराउन थालेका हुन् ।

फागुन २४ गते मध्यरात रातमा उर्लाबारी ९ को लामा फर्निचरमा सोही गाउँका ३७ वर्षीय दीपक गुरुङ पुगेका थिए । फर्निचर उद्योगका सञ्चालक इन्द्र लामालाई मामा साइनो लगाएर उद्योगमा पुगेका गुरुङ रक्सीको नशामा अर्धचेत अवस्थामा थिए । लामाले गुरुङलाई मध्यरातमा यसरी नहिड्न आग्रह गर्दै गुरुङलाई घर पठाएका थिए । तर, केही बेर पछि पुन फर्निचर उद्योग पुगेर गुरुङले त्यहाँका कामदार किसन शर्मालाई नानाभाती आमाचकारी गाली गर्न थाले । किसनले पनि धेरै पटक दाइ भन्दै गुरुङलाई सम्झाए । पटक पटक घर गएर सुत्न आग्रह गरे । गुरुङ रक्सीमा नसामा लठ्ठीएर शर्मा सुत्ने खाटको झुल उघारेर खाट भित्रै पसे । यो सबै दृष्य हेरिरहेका लामाले अति भएपछि राजघाट प्रहरी चौकीका असईलाई फोन गरेर घटनाको सूचना दिएँ । तर, प्रहरी आएन । आफू बाहिर गएर गलेर आएको भन्दै उल्टो गुरुङलाई सम्झाएर पठाउन आग्रह गरे ।

मध्यरातको ११ बजे अर्काको उद्योगमा पुगेर गुरुङले हर्कत दोहोर्याएपछि शर्माले ठेलेर बाहिर निकाल्ने प्रयास गरे । तर, गुरुङ झनै जब्बर भएर शर्मा माथि जाइलागे । गुरुङ जाइलाग्ने क्रममा शर्माको मोवाइल फुट्यो । मोवाइल फुटेपछि शर्माले गुरुङलाई धकेलेर बाहिर निकाले । सोही क्रममा खुट्टा टेक्न नसक्ने अवस्थाका गुरुङ लडे ।

आइतबार बिहानै लामा दिपककोमा पुगे । दीपकले नै चिया बनाएर दिए । दीपकले आफ्नो उपचार गरिदिनु पर्ने सर्त राखे । तर , लामा आफ्नो र आफ्नो कामदारको गल्ती नभएको भन्दै मानवीय सेवाले उपचार गरिदिए । तर उनलाइ केही नभएको भन्दै झापाको बिएण्ड सि हस्पिटलले तुरुन्तै डिस्चार्ज दियो ।

आइतबार बिहान १० बजे तिर इलाका प्रहरी कार्यालयको गस्ती टोलीले फर्निचर सञ्चालक लामालाई पक्राउ गर्यो । मंगलबार मुद्धा चलाउन म्याद थप गरेर ल्याएको छ । लामा निर्दोष भएको स्थानीयहरू बताउँछन् । लामाले गुरुङलाई कुट्न त के छोएको पनि छैन् । तर, प्रहरीले कुनै छलफल नै नगराई लामालाई मुद्धा चलाएको छ । गाउँमा राम्रो सामाजिक हैषियत बनाएका लामाको सामाजिक गतिविधि मन नपराउने हरूले फसाएको स्थानीय बताउँछन् ।

घटनाबारे प्रहरीसँग बुझ्दा ड्युटीमा रहेका एक प्रहरी अधिकृतले भने, भित्तीलाई मध्यरातमा दुईचार झाप्पड दिनु पर्ने । उल्टो सोझा सिधा ब्यक्तिलाई मुद्धा लगाउने काम भएको प्रतिक्रीया उनले दिएँ । विभिन्न घटनामा विवादमा पर्दै आएका प्रहरी निरीक्षक राई यो घटनामा पनि आर्थिक लेनदेनमा फसेको स्थानीयहरु बताउछन् । स्रोतः हाम्रा कुरा 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*