स्पानियोलका ६ जना खेलाडीमा कोरोना भाइरसको संक्रमण
स्पेनिस क्लब स्पानियोलका ६ जना खेलाडीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । खेल क्षेत्रमा कोरोना भाइरसको असर बढ्दै जाँदा युरोपियन लिगहरु ठप्प छन् । पछिल्लो समय देखिएका संक्रमणहरुले रोकिएको खेल सुरु हुने समय पछि धकेलिँदै गएको हो।
यसअघि स्पेनिस क्लब भ्यालेन्सियामा पनि खेलाडी र पदाधिकारीसहित ३५ प्रतिशतमा कोरोना संक्रमण देखिएको बताइएको थियो । अहिले स्पानियोलका खेलाडीमा पनि संक्रमण देखिएपछि स्पेनिस फुटबलमा डर थपिएको छ ।
‘आज दिउँसो आएको रिपोर्टअनुसार स्पानियोलका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। उनीहरु सबैमा केही लक्षणहरु देखिएका थिए र जाँचपछि संक्रमण भेटिएको हो। उनीहरु सबै अहिले सुरक्षित बसिरहेका छन्’ स्पानियोललाई उल्लेख गर्दै स्पेनिस पत्रिका मार्काले लेखेको छ।