कोरोनाको जोखिम नियन्त्रणका लागि तत्काल काम गर्न सरकारलाई आग्रह 

हेटौडा न्युज
५ चैत्र २०७६, बुधबार २३:०५
;

कांग्रेसका नेता गगन थापाले कोरोना भाइरसको जोखिमका सम्बन्धमा तत्काल आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली काग्रेसका नेता थापाले सरकारको ध्यानाकर्षण गराउदै आवश्यक कदम चाल्न ढिला गर्न नहुने भन्दै सरकार समक्ष ध्यानाकक्र्षण पत्र समेत दर्ता गराएका छन् । 

नेता थापाले नोभेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा पत्र दर्ता गरेर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा समिति गठन गरीएको हो ।

यसअघि कांग्रेसले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरेर आवश्यक तयारीमा जुट्न आग्रह गर्दै फागुन १८ गते संसदमा सार्वजनिक महत्वको प्रस्ताव समेत दर्ता गरेको थियो ।

""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*