मजदुरहरुका लागि उद्योग संघ मकवानपुरको स्वास्थ्य शिविर

हेटौडा न्युज
५ चैत्र २०७६, बुधबार २३:५१
;

उद्योग संघ मकवानपुरले बृहत स्वास्थ्य शिविर शुरु गरेको छ । विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भइरसले विश्व जगत नै त्रसित भइरहेको बेला उद्योग संघ मकवानपुरले मजदुरहरुलाई लक्षित गरी शिविर संचालन गरेको हो ।

तिन दिन सम्म लगातार संचालन हुने शिविरमा मजदुरहरुलाई केहि हदसम्म भयमुक्त वातावरण बनाउन शिविर आयोजना गरेको जनाएको छ ।

बुधबार शिविरको पहिलो दिन हेटौंडा औद्योगिक क्षेत्रका विभिन्न उद्योग तथा कलकारखानाहरुमा कार्यरत करीब नौ सय मजदुर तथा कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।

शिविरमा डा. तोजेन्द्र बस्नेत, डा. सागर काफ्ले लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले जिल्ला समन्वय सेवा दिएको थियो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा शिविर संचालन गरीएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*