कोरोनाको त्रासः दुई साताको लागि सार्वजनिक यातायात बन्द

हेटौडा न्युज
७ चैत्र २०७६, शुक्रबार १७:११
;

साउदी अरेबियाले कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि १४ दिनसम्म सार्वजनिक यातायात बन्द गर्ने भएको छ ।

शनिबारबाट लागू हुने गरी साउदी अरेबियाले आन्तरिक उडानका साथै बस सेवा, ट्याक्सी, रेललगायत सार्वजनिक यातायातका साधन १४ दिनसम्मका लागि बन्द गर्ने भएको हो ।

यसअघि नै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडानमा १५ दिनका लागि रोक लगाइसकेको छ ।

साउदी अरेबियामा कोरोना संक्रमितको संख्या २ सय ७४ पुगेको छ । त्यहाँ कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक भने अहिलेसम्म प्रकाशमा आइसकेको छैन ।   एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*