रणबीर र आलियाको विहे १८ डिसेम्बरमा

हेटौडा न्युज
७ चैत्र २०७६, शुक्रबार १८:१२
;

बलिउड अभिनेता रणबीर कपुर र आलिया भट्टको विवाहको चर्चा लामो समय देखि हुँदै आएको छ । अब यी दुवैको विवाहको मिति नै सार्वजनिक भएको छ । 

नव भारतटाइम्स डटकमका अनुसार यी दुईको विवाह १८ डिसेम्बर २०२० मा हुँदै छ । उनीहरुले विवाह मुम्बईमा नै गर्ने यो भारतीय पत्रिकाको दाबी छ । विवाहका लागि मुम्बईको ५ तारे होटल पनि बुक भइसकेको बताइएको छ ।

यी दुईबीच २ वर्षयता अफेयर चलिरहेको छ । अहिले उनीहरु विवाह गर्न लागेका हुन् । दुवैको फिल्म ब्रह्मास्त्र पनि ४ डिसेम्बर २०२० मा रिलिज हुँदैछ ।

यो विवाहको चाहना रणबीरका बाबु ऋषिले राखेकाले पनि यो विवाह भनिएकै मितिमा हुने अनुमान धेरैले गरेका छन् । ऋषिको स्वास्थ्य बिग्रँदै गएकाले पनि यो विवाह समयमा नै हुने अनुमान गरिएको हो ।  एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*