सरकारी तथा निजी कार्यालयहरु बन्द, सीमा नाका सिल गर्ने 

हेटौडा न्युज
७ चैत्र २०७६, शुक्रबार २२:०६
;

विश्वभर माहामारीको रुपमा फैलिरहेकोा कोरोना भाईरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै सरकारले कार्यालयहरू बन्द गर्ने भएको छ । 

सरकारले  अत्यावश्यक बाहेकका सबै सरकारी, निजी कार्यालयहरू बन्द गर्ने तयारी गरेको छ ।  शुक्रबार साँझ कोरोना रोकथाम, नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठक  बस्ने भएको. छ । समितिले नै थप घोषणाको तयारी गरेको जनाएको छ । 

यसैगरी सरकारले उत्तर र दक्षिणतर्फका सबै सीमा नाकाहरू कम्तीमा दुईसाताका लागि बन्द गर्ने तयारी गरेको छ । आपूर्ति नरोक्ने तर मानिसहरूको आवतजावत बन्द गर्ने सरकारले तयारी गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*