तयारी पोशाक व्यवसायी संघको सरकारलाई चुनौती
मास्क वितरणको नाममा सरकारको निर्देशनको बेवास्ता गर्दै कपडा तथा तयारी पोशाक व्यवसायी संघले भिड जम्मा गरेको छ । प्रहरीकै अगाडी मास्क वितरणको नाममा संघले हेटौंडाको बुद्ध चोकमा मनिसहरुको बाक्लो भिड जम्मा गर्दै प्रशासनलाई नै चुनौती दिएको हो ।
हेटौंडा उपमहानगरपालिका कै समन्वयमा संघले मास्क वितरण गरीएको थियो । स्थानिय सरकारकै सहकार्यमा सार्वजनिक ठाउँमा यसरी भिड जम्मा गरी सामान्य कपडाको मास्क वितरण गरीएको हो ।
सस्तो लोकप्रियताको लागि संघले यसरी सार्वजनिक ठाउँमा भिड जम्मा गर्दा कोरोना भइरसको संक्रमणको जोखिम उच्च रहने भएकोले यसको जिम्मेवारी कस्ले लिने भन्ने प्रश्न खडा भएको छ ।
संघले बुद्ध चोकमा प्रहरीकै अगाडी मनिसहरुको बाक्ले भिड जम्मा गरेर भाषण सहित मास्क वितरण गरेको थियो । संघले आफ्नो प्रचारका लागि केहि फोटोग्राफरहरु समेत जम्मा गरेको थियो । संघले सेनिटाएज नगरीएका सामान्य कपडाको मास्क वितरण गरेको थियो ।
सरकाले यस अघि नै कुनै पनि ठाउँमा २५ जना भन्दा बढि व्यक्तिको भिडभाड जम्मा नगर्न सुचना समेत जारी गरेको थियो ।