दुई लाख बढी रकमसहित ९ जना जुवाडे पक्राउ 

हेटौडा न्युज
८ चैत्र २०७६, शनिबार २०:४५
;

दुई लाख बढी रकमसहित नौ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१४ स्थित सरस्वती टोलमा रहेको बुढाथोकी समिर होटेलमा कोठा भाडामा लिई जुवा खेलिरहेका उनीहरूलाई दुई लाख ८९ हजार पन्ध्र रुपैयाँ नगदसहित प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जनाएको छ । प्रहरीले घोराही उपमहानगरपािलकाका ४३ वर्षीय मलबहादुर डाँगी, सोही ठाउँका ४० वर्षीय दोर्णबहादुर महरा, ३८ वर्षीय हरिबहादुर विक, घोराही उपमहानगरपालिका–१८ का २७ वर्षीय प्रेम पुन, सोही ठाउँका २८ वर्षीय आकाश विक, घोराही उपमहानगरपालिका–१४ का ५० वर्षीय गुमानसिंह डाँगी, घोराही उपमहानगरपालिका–१२ का ३१ वर्षीय विष्णु बिसी भन्ने टपेन्द्र बिष्ट, घोराही उपमहानगरपालिका–१० का ३८ वर्षीय धनबहादुर वली र घोराही उपमहानगरपालिका–११ का ३२ वर्षीय अनिल विकलाई पक्राउ गरको हो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*