निधारको चाउरीपनाले प्राणघातक रोगको संकेत दिन्छ !

हेटौडा न्युज
८ चैत्र २०७६, शनिबार २२:०४
;

निधारको चाउरीपनाले संधै बढ्दो उमेरको मात्र संकेत दिदैँन । यसले कहिलेकाँही शरीर भित्रको प्रतिकूल अवस्थाको पनि संकेत दिन्छ । एक शोधमा निधारमा चाउरीपना औसतभन्दा धेरै बढ्नु र एथेरोसिलेरिोसिस नामक हृदय रोगको आपसी सम्बन्ध हुजे देखाएको छ । यस किसिमको बिमारीमा धमनीहरु कडा बन्छन् जसकारण ह्दयघातको खतरा हुन्छ ।

फ्रान्सको सेन्टर हस्पिटलायर यूनिभर्सिटी डी टाउलाउसका प्राध्यापकले चाउरी जति बढ्छ त्यति नै ह्दयरोगले आक्रमण गर्ने खतरा बढ्ने बताएका छन् । चाउरीपनालाई ह्दय रोगको खतरा पहिचान गर्नका निम्ति ब्लड प्रेशर वा अन्य तरिकाभन्दा राम्रो साधन त मानिदैँन तर यसले खतराको घण्टीको रुपमा भने काम गर्न सक्छ ।

कोलेजन प्रोटिन र अक्सिडेटिभ स्ट्रेस, चाउरी बढाउन र एथेरोसिलेरोसिस दुवैका लागि जिम्मेवार छन् । यसैबीच वैज्ञानिकहरुले यी दुई चाउरी र एथेरोसिलेरोसिसको एकअर्कामाथिको प्रभावबारे पहिलो पटक जाँच गर्‍याे । ३२ सय वयस्कहरु माथिको जाँच पछि वैज्ञानिकले चाउरी बढ्नाले ह्दय राेगको कारण ज्यान जाने खतरा दश गुणा बढ्ने पाए ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*