कोरोना भाइरस विरुद्धको अभियानमा सरकारलाई सघाउन पारस खड्काको आग्रह

हेटौडा न्युज
९ चैत्र २०७६, आईतवार १७:०४
;

नेपाल राष्ट्रिय क्रिकेटका पूर्वकप्तान क्रिकेटर पारस खड्काले घरमा नै बसेर कोरोना भाइरस विरुद्धको अभियानमा सरकारलाई सघाउन सबैमा आग्रह गरेका छन् । क्रिकेटर खड्काले अत्यावश्यक बाहेकका काममा घरबाहिर नजान र सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

खड्काले आइतबार फेसबुक लाइभ मार्फत नेपाली राष्ट्रिय क्रिकेट टिम र आफ्नो व्यक्तिगत तर्फबाट अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन कोरोना भाइरसको जोखिमबाट जोगिन आग्रह गरेका हुन् ।

खड्काले लाइभ मार्फत अहिले असहज परिस्थिति भएको भन्दै उनले भने, ‘सबै जना घर बसेर अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकार र सम्बद्ध निकायलाई सहयोग गरौं ।’ उनले सबै एकताबद्ध भएर कोरोना भाइरसको महामारीविरुद्ध लड्न सबैमा आग्रहसमेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*