फुटबलर फेइलानीलाई कोरोना संक्रमण 

हेटौडा न्युज
९ चैत्र २०७६, आईतवार १७:१४
;

म्यानचेस्टर युनाइटेडका पुर्वमिडफिल्डर फुटबलर माराउने फेइलानीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । ३२ वर्षीय बेल्जियन मिडफिल्डर फेलाइनी कोरोना संक्रमित हुने चाइनिज सुपर लिगका पहिलो खेलाडी हुन् । 

म्यानचेस्टर युनाइटेड र एभरटनका पूर्वमिडफिल्डर समेत रहेका फेलाइनीको परीक्षणको क्रममा कोरोना भाइरस पोजिटिभ देखिएको जिनान प्रदेशको स्वास्थ्य विभागले जनाएको छ । फेलाइनी शुक्रबार मात्र चीनको जिनान पुगेका थिए ।

यसअघि नै इटालियन क्लब युभेन्ट्सबाट खेल्ने ड्यानिएल रुगानी र पाउलो डिबलालाई पनि कोरोना पोजिटिभ देखिएको छ । रियल मड्रिडका पूर्वअध्यक्ष लरेन्जो सान्जको त कोरोना संक्रमणका कारण शनिबार ज्यानै गएको छ ।

चीनको वुहानबाट गत डिसेम्बरमा सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभर फैलिएको छ । तर चीनमा भने यसको असर कम हुँदै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*