कोरोनाको संक्रमणबाट १४ हजार भन्दा बढीको मृत्यु, एकैदिनमा १६ सय जनाको मृत्यु 

हेटौडा न्युज
१० चैत्र २०७६, सोमबार १७:१०
;

कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ । कोरोनाको संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ सयको ज्यान गएसँगै ज्या’न गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको हो ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले इटाली, अमेरिका, स्पेन, जर्मनी, इरान लगायतका मुलुकमा बढ्दो क्रममा देखिएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ५१ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ज्यान गुमाउनेको संख्या ५ हजार ४७६ पुगेको छ । त्यहाँ ५९ हजार १३८ जना सङ्क्रमित छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ११४ जनाले ज्यान गुमाएका छन् । हालसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ४ सय १५ पुगेको छ । संसारभर अहिलेसम्म तीन लाख ३५ हजार ५११ जना सङ्क्रमित भएकोमा ९७ हजार ६३७ जना उपचारपछि निको भएका छन् ।

कोरोनाको सङ्क्रमण बढ्दै गएपछि जर्मनीले दुई जना भन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध लगाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*