कोरोनाको त्रासः विप्लवको ‘आक्रामक कारबाही’ बन्द
प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी भन्ने विप्लव समूहले आफ्ना कारबाहीहरु बन्द गरेको जनाएको छ । विश्वभर फैलिरहेको कोरोना भाईरसको जोखिमलाई ध्यानमा राख्दै पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दै ‘आक्रामक कारबाही’ बन्द गरिएको जानकारी दिएका हुन् ।
‘कारोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाहीहरु बन्द गरिएको जानकारी आम जनसमुदायमा अवगत गराउँछौं ।’विप्लवद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विप्लवले यो बेला देशका सबै चिकित्सक एवं स्वास्थ्य कार्यकर्तालाई जनताको सेवामा लाग्न पनि अपिल गरेका छन् । उनले भनेका छन्, ‘तत्काल पार्टी कार्यकर्ता तथा जनसेनालाई आफू सचेत बन्दै आमजनतालाई कारोनाविरुद्ध जागरुक हुन निर्देशन गर्दछ ।’