सिड्नीमा नेपाली युवाहरुबीच ग्याङ फाईट, एक जनाको मृत्यु 

हेटौडा न्युज
११ चैत्र २०७६, मंगलवार २१:४५
;

अष्ट्रेलियामा नेपाली युवाहरुबीच ग्याङ फाइट हुँदा एकजनाको मृत्यु भएको छ । सिड्नीमा मदिरा पिएर मात्तिएका युवाहरुको दुई पक्षबीच भएको कुटाकुटका क्रममा २३ वर्षीय युवकको मृत्यु भएको हो ।

गत शनिबार हर्जविलको एक पपमा मदिरा पिउने क्रममा सुरु भएको विवाद कुटाकुटमा परिणत भएको अष्ट्रेलियन सञ्‍चारमाध्यले जनाएका छन् । बारमा तीन–तीनजनाको समूहका नेपाली युवाबीच कुटाकुट भएको थियो । त्यसपछि उनीहरुलाई सुरक्षा गार्डले निकालेका थिए ।  

बारबाट निस्किएर पनि झगडा नरोकिएपछि भागाभाग गर्ने क्रममा दुइजना पर्खलाबाट सडकमा पछारिका थिए । लडेर घाइते भएकालाई नजिकैको सेन्टजर्ज अस्पतालमा भर्ना गरिएको थियो।

उपचारका क्रममा एकजनाको मंगलबार मृत्यु भएको गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले बताएका छन्। घटनामा संलग्‍न रहेको भन्दै प्रहरीले चारजना नेपाली युवकलाई पक्राउ गरेको छ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*