संघिय सरकारको उपचार कोषमा चौलागाईंको एक महिनाको तलब

संघिय सरकारले स्थापना गेरेको कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौँलागाईले एक महिनाको तलब दिएका छन ।
चौलागाईंले आफुले बुझ्दै आएको एक महिनाको तलब बराबरको रकम संघिय सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार विशेष कोषमा जम्मा गरेका हुन ।
सरकार कोरोना भाइरस बिरुद्धमा लडिरहेको बेला देशभरका युवा समितिका अध्यक्षहरुले उक्त कोषमा रकम जम्मा गरेका हुन् ।
चौलागाईंले आफ्नै पहलमा सबै अध्यक्षहरु संगको छलफल पछि रकम दिने निर्णय भएको बताए । चौलागाईंका अनुसार देशभरका ५९ जना युवा समितिका अध्यक्षहरुले ११ लाख ८० हजार रुपैया कोषमा जम्मा गरेका बताए ।
कोरोना भाइरसको महामारीको बिरुद्धको अभियानमा हरेक युवाहरुले सरकारलाई सहयोग गर्नु पर्ने र अभियानमा सहभागि हुन पाउनु गर्वको विषय रहेको चौलागाईंको भनाई छ ।