लकडाउन लम्बाउने तयारीमा सरकार 

हेटौडा न्युज
१६ चैत्र २०७६, आईतवार १७:३१
;

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्न र नियन्त्रण गर्नको लागि  सरकारले लकडाउनलाई लम्बाउने तयारी गरेको छ ।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भारत र चीनको सीमा नाकामा एक साताका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, सोमबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको थियो।

यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

सरकारले लकडाउनका कारण खाद्यान्नको संकटमा परेकाहरूका लागि राहत प्याकेजको घोषणा गर्ने समेत तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*