कोरोनाको आशंका गरिएको एक व्यक्तिको मृत्यु
कोरोना भाइरसको संक्रमणको आशंका गरिएको एक व्यक्तिको मृत्यु भएको छ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका ३४ वर्षीय एकजनाको मृत्यु भएको हो ।
अस्पातालको अनुसार क्वारेन्टाईन राखिएका सैनामैना नगरपालिका मुर्गियाका एक जनाको मृत्यु भएको हो । उनी १३ गते कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा भर्ना भएका थिए।
उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । उनी चैत ८ गते वैदेशिक रोजगारीबाट नेपाल आएका थिए । उनी दुबईबाट नेपाल आएका थिए ।
बिरामीको मृत्यु भएपछि अहिले अस्पताको बैठक बसेको छ । बैठकपछि थप जानकारी गराइने जनाएको छ ।