थाहानगरमा खाद्यान्न आपूर्तिमा सहजता 

हेटौडा न्युज
१८ चैत्र २०७६, मंगलवार २२:४२
;

थाहा नगरपालिकाले प्रत्येक वडामा अत्यावश्यकीय खाद्यन्न आयातलाई सहजता बनाएको दावी गरेको छ । नगरपालिकाले १२ वटै वडा समितिको संजोकत्वमा वडा भित्र रहेका खाद्यान्न तथा दैनिक उपभोगका सामग्री आपुर्तिको सहजताको लागी वडाबाट नै लगत संकलन गर्न वडालाई परिपत्र गरेको छ । 

खाद्यान्नको मौज्दात नगरपालिकामा पेश गरेपछि मात्र खाद्यान्न आपूर्तिकर्ताले सिफारिस पाउने र वडा कार्यालयहरुले खाद्यान्न पसल तथा मौज्दातको विवरण बजार व्यवस्थापन समितिहरुसंगको समन्वयमा संकलन गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

थाहा नगरपालिकाको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालय सदस्य अनिल लामिछानेका अनुसार नगर क्षेत्रमा खाद्यान्न तथा अन्य दैनिक उपभोगका सामग्रीहरु ढुवानी गर्न गत चैत १७ मा २ वटा सवारीलाई पासको व्यवस्था गरेको जनाएका छन्ु । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*