थुनुवा कक्षको झ्याल उप्काएर तीनजना थुनुवा फरार

हेटौडा न्युज
२० चैत्र २०७६, बिहीबार १७:२१
;

हिरासतमा रहेका तीन जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतबाट  थुनुवा कक्षको झ्याल उप्काएर उनीहरु फरार भएका हुन् ।

हिरासतबाट भेरी गंगा नगरपालिका घर भई हाल वीरेन्द्रनगर–११ बस्ने २१ वर्षीय सन्देश कसेरा, वीरेन्द्रनगर–६ का २६ वर्षीय रोशनराज रेग्मी र वीरेन्द्रनगर–३ का २० वर्षीय सुनिल थारु फरार भएका हुन् ।

उनीहरु तीनै जना लागूऔषध कारोबार अभियोगमा पक्राउ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाले जनाएको छ ।  कसेरा २०७६ फागुन २५ गते पक्राउ परेका थिए भने थारु र रेग्मी चैत १६ गते पक्राउ परेका थिए।

उनीहरुको खोजी कार्य जारी रहेको र घटनाबारे प्रदेश स्तरीय छानविन समिति गठनको तयारी भइरहेको डीएसपी तिम्सिनाले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*