कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

हेटौडा न्युज
२० चैत्र २०७६, बिहीबार १८:२०
;

उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा  उपचाररत ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते र ६ चैतमा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकको चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै उनीहरुको अस्पताल बसाइ लम्बिएको छ ।

दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थियो । तर बुधबार रिपोर्ट पोजेटिभ आएपछि अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने टेकु अस्पतालका एक चिकित्सकले बताएका छन् । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*