२५ देखि ५० प्रतिशतसम्म संक्रमितमा लक्षण नदेखिने नयाँ अनुसन्धानको खुलासा

हेटौडा न्युज
२० चैत्र २०७६, बिहीबार २१:२१
;

कोरोना भाइरससम्बन्धि सार्वजनिक भईरहेका नयाँ तथ्यांकहरुले लक्षण नदेखिएका मानिसहरुले नै धेरै संक्रमण फैलाईरहेको देखाएको छ ।

आइसल्याण्डबाट आएको नयाँ तथ्यांकअनुसार ५० प्रतिशत पोजेटिभ परीक्षण भएका कोरोना संक्रमितहरुमा कुनै पनि लक्षण देखिएको थिएन ।

यस्तै अमेरिकामा पनि २५ प्रतिशत संक्रमितमा कुनै लक्षण नदेखिएको अमेरिकास्थ्ति रोग नियन्त्तण तथा रोकथाम केन्द्रका निर्देशक भन्छन् ।

अहिलेसम्म अमेरिकामा कोरोनाबाट संक्रमितको संख्या २ लाख नाघिसकेको छ । यसमध्ये झण्डै चार हजारजनाको मृत्यु भइसकेको छ ।
यसको प्रसारलाई रोक्न अमेरिकास्थित स्वास्थ विज्ञहरुले फेसमास्कको प्रयोगमा जोड दिएका छन् ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*