साहरुख खानले विभिन्न राहत कोषमा रकमदेखि ५० हजार पीपीइसम्म’ सहयोग गर्ने

हेटौडा न्युज
२१ चैत्र २०७६, शुक्रबार १९:०९
;

बलिउड नायक साहरुख खानले कोरोना भाईसविरुद्ध लडनको लागि विभिन्न ७ शिर्षकमा सहयोग गर्ने घोषणा गरेका छन । साहरुखको कम्पनी रेड चिल्लीले जारी गरेको विज्ञप्तीमा विभिन्न ७ शिर्षकमा सहयोग गर्ने बताइएको छ ।

योसँगै साहरुखले विभिन्न ६ राज्यमा सहयोगको योजना सार्वजनिक गरेका छन । यसका साथै, साहरुखले प्रधानमन्त्री राहत कोष, महाराष्ट्र मुख्यमन्त्री राहत कोष र वेष्ट बंगाल मुख्यमन्त्री राहत कोषमा सहयोग गर्ने बताएका छन ।

यस्तै, साहरुखको क्रिकेट टिम र उनको एनजीओले बंगाल र महाराष्ट्र सरकारलाई ५० हजार पीपीई उपलब्ध गराउने बताएको छ । यस्तै, साहरुखको एनजीओ मीर फाउन्डेशनले एक महिनासम्म मुम्बइका ५५ सय परिवारका लागि खानको समेत व्यवस्था गर्नेछ ।

यस्तै, अस्पतालमा पनि खानको व्यवस्था गर्ने बताइएको छ । साहरुखको यती लामो सहयोगको चर्चा अहिले सामाजिक संजालमा खुबै भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*