लकडाउनलाई थप कडाइका साथ लागू गर्ने सरकारको निर्णय, एक स्थानिय तहबाट अर्को तहमा जान रोक

हेटौडा न्युज
२३ चैत्र २०७६, आईतवार ०२:४८
;

सरकारले लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । शुक्रबार थप तीन जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएपछि सरकारले लकडाउनलाई थप कडाइका साथ लागू गर्ने भएको हो । 

सरकारले देशव्यापी रूपमा आवागमनमा लगाएको प्रतिबन्ध अझ प्रभावकारी बनाउने र विदेशबाट फर्किएका तथा क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको कोरोना परिक्षणलाई तिब्र बनाउने निर्णय गरेको छ।

सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्नका लागि गत चैत ११ गते देखि लकडाउनको गरेको थियो भने देशमा कोरोना संक्रमित बढदै गए पछि लकडाउनलाई थप कडा बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थ मन्त्री युवराज खतिवडाले जानकारी दिए।

नेपालभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण सरेको पहिलो घटना पुष्टि भएको र भारतबाट फर्किएका अन्य दुई व्यक्तिमा सङ्क्रमण भेटिएपछि शनिबार मन्त्रिपरिषद्को बैठक बसेको थियो।

मन्त्री खतिवडाका अनुसार कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा क्वारेन्टाइनमा राखिएका व्यक्तिहरू तथा विदेशबाट फर्किएका व्यक्तिहरूको परीक्षणमा तीव्रता दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै मन्त्री खतिवडाले स्वास्थ्यकर्मीलाई सुरक्षा प्रदान गर्ने व्यवस्था सरकारले मिलाउने बताए।

यसअघि सुरुमा चैत ११ गतेदेखि १८ गते बिहानसम्मको निम्ति लगाइएको प्रतिबन्ध एक साता थपेर चैत्र २५ गते मध्यरातसम्म पुर्‍याइएको थियो।अन्तर्राष्ट्रिय उडानमा वैशाख ३ गतेसम्म रोक लगाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*