कोरोनाको कहरः गल्फका तीन ठुला प्रतियोगिता स्थगित

हेटौडा न्युज
२५ चैत्र २०७६, मंगलवार १७:२१
;

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण कारण गल्फका तीन ठुला प्रतियोगिता स्थगित भएको छ । अमेरिकामा आयोजना हुने द मास्टर्स, युएस पिजिए च्याम्पियनसिप र युएस ओपन गल्फ स्थगित गरिएको हो । 

अप्रिलमा हुने द मास्टर्स नोभेम्बरमा हुनेछ  । यस्तै आगामी मे महिनामा तय भएको युएस पिजिए अगष्ट र जुनमा तय भएको युएस ओपन सेप्टम्बरमा हुनेछ ।

त्यस्तै १ सय ४९ औं संस्करणको ओपन च्याम्पियनसिप गल्फ पनि रद्द गरिएको छ । जुलाईमा तय भएको प्रतियोगिता अब सन् २०२१ मा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*