बलिउडसँग नजिक थप दुईजनामा कोरोना संक्रमण

हेटौडा न्युज
२५ चैत्र २०७६, मंगलवार २०:५१
;

बलिउड गायिका कनिका कपूर छैटौं रिर्पोट नेगेटिभ आएसँगै घर फर्किएकी छिन् । तर अब कनिका पछि बलिउडमा अरु २ जनामा पनि कोरोना पोजेटिभ देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

बलिउडका चर्चित चलचित्र निर्माता करिम मोरानीका दुई छोरी शाजिया मोरानी र जोआ मोरानी पनि कोरोना संक्रमित भएका छन् । सोमबार विहान परिक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । 

अभिनेत्री जोआ मोरानी र शाजियामा कोरोनाको लक्षण देखिएपछि परिक्षण पछि  मुम्बाईस्थित प्राइभेट अस्पतालमा आइसोलेसनमा राखिएको छ । 

अहिले करिम मोरानी बसिरहेको बिल्डिङ्ग सिल गरिएको छ । जोआ मोरानीले वर्ष २०११ मा शाहरुखसँग ‘अल्वेज कभी कभी’मा डेब्यू गरेकी थिइन् । यसका साथै उनी ‘मस्तान’, ‘भाग जोनी भाग’, लगायतका टेलिश्रृङ्खलामा पनि काम गरेकी छिन् । 
करिम मोरानीले ‘चेन्नाई एक्सप्रेस’, ‘रावण’ लगायतका सफल चलचित्र निर्माण गरेका छन् ।स्रोतः १२खरी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*