कोरोना विरुद्ध लडन एन्फाको दुईवटा एम्बुलेन्स

हेटौडा न्युज
२५ चैत्र २०७६, मंगलवार २२:१२
;

विश्वभर फैलिएको कोरोना भाईरसविरुद्ध लड्नका लागि नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो दुई वटा एम्बुलेन्स ललितपुर महानगरपालिकालाई हस्तान्तरण छ । एन्फाले आफूसँग भएको साधन कोरोना भाईरसविरुद्ध लड्ने अभियानमा दिएको हो ।

एन्फा र महानगरपालिकाबीच एम्बुलेन्स कोरोनाको संक्रमण सकिएपछि एन्फालाई नै फिर्ता गर्नु पर्ने सम्भौता भएको छ । फिफा फरवार्ड प्रोजेक्ट अन्तर्गत खरिद गरिएको उक्त एम्बुलेन्स यसअघि एन्फामै थन्किएको थियो ।

मंगलबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई हस्तान्तरण गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*