कोरोना भाइरस फैल्याएको भन्दै गायिका कनिकाविरुद्ध अदालतमा मुद्दा !
कोरोना संक्रमणबाट छुटकारा पाएकी बलिउडकी चर्चित गायिका कनिका कपुरविरुद्ध मुद्धा परेको छ ।
उपचारपछि अस्पतालबाट सोमबार घर फर्किएकी उनले सार्वजनिक रूपमा कोरोना भाइरस फैल्याएको भन्दै अदालतमा मुद्दा परेको हो ।
आफूलाई कोरोना संक्रमण हुँदा पनि विदेशबाट आएको बेला होम क्वारेन्टाइनमा बस्नुको सट्टा कन्सर्ट गरेर रोग फैल्याएको आरोप उनीमाथि छ ।
अदालतले उनलाई हाजिर हुन पुर्जीसमेत काटिसकेको छ । अबको १४ दिनपछि अदालतमा हाजिर हुनुपर्ने पुर्जी आइसकेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
गृहनगर लखनउको पीजीआई अस्पतालमा उनले कोरोना संक्रमणको उपचार गराएकी थिइन । उनी अस्पताल भर्ना भएको १४ दिनपछि घर फर्किएकी थिइन ।
तर लन्डनबाट ९ मार्चमा भारत आएकी कनिकालाई २० मार्चमा कोरोना संक्रमण पुष्टि भएको थियो ।