ब्राजिलियन फुटबलर रोनाल्डिन्हो जेल मुक्त 

हेटौडा न्युज
२६ चैत्र २०७६, बुधबार १५:४८
;

ब्राजिलियन फुटबल खेलाडी रोनाल्डिन्हो पाराग्वे जेल मुक्त भएका छन् । एक महिनाअघि नक्कली पासपोर्ट प्रयोग गरेको भन्दै स्पानिस क्लब बार्सिलोनाका पूर्व फरवार्ड रोनाल्डिन्हो र उनका दाई रोबर्टो पाराग्वेमा पक्राउ परेका थिए ।

पाराग्वे प्रहरीले उनीहरुलाई पाँच मार्चमा नक्कली पासपोर्ट प्रयोग गरेको अभियोगमा पक्राउ गरेका थियो ।रोनाल्डिन्हो र रोबर्टोलाई अदालतले ६ महिनाको जेल सजाय सुनाईएको थियो तर उनीहरु ३२ दिनपछि जेलमुक्त भएका हुन् । 

न्यायाधीश गुस्ताभो अमरिल्लाले मुद्दाको फैसाल नलाग्दासम्म उनीहरुलाई एक होटेलमा बस्नेगरी रिहा गरिएको बताएका छन् । रोनाल्डिन्‍होका वकिलले १६ लाख डलर धरौटीका लागि पनि बुझाएका छन् । अब उनी होटलमा बन्दीका रूपमा रहने छन् ।

रोनाल्डिन्हो र उनका दाजु पाराग्वेको एक क्यासिनो मालिक नेल्सन बेलोट्टीको निमन्त्रणामा त्यहाँ पुगेका थिए । उनीहरुसँग नक्कली कागजात भेटिएपछि होटलबाट उनीहरु पक्राउ परेका थिए ।

रोनाल्डिन्होसँग अहिले आफ्नै देश ब्राजिलको पासपोर्ट समेत छैन । सन् २०१८ मा एक जरिवाना पछि उनको पासपोर्ट खोसिएको थियो ।

दुईपटक फिफा प्लेअर अफ दी इअर र एकपटक बालोन डे ओर अवार्ड जितेका रोनाल्डिन्होले सन् २००२ मा ब्राजिलबाट फिफा विश्वकप समेत जितेका थिए । उनले बार्सिलोना, पीएसजी, एसी मिलान लगायत क्लबबाट फुटबल खेलेका छन् ।

कोरोना भाइरस संक्रमण बच्न पाराग्वेको राजधानी आफै अहिले लकडाउनबाट गुज्रिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*